×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गगनले भने - अब अत्ति भयो, चुप लागेर बस्दिन।

गगनले भने - अब अत्ति भयो, चुप लागेर बस्दिन।

काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्। 

उनले आफूले पार्टीमा राखेका कतिपय कुराहरूको प्रक्रिया चित्त नबुझेको भन्दै आफ्ना विषयलाई प्रवेश नै नदिइएको भन्दै गुनासो गरेका छन्। 

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,’ उनले लेखेका छन्। 

धेरै पटक प्रतिरोध गर्ने सोचेपनि जिम्मेवारी लिएर बसेकाले पनि सीमामा बसेको उनले बताए। तर अब अति भएको उनले बताए। यद्यपि उनले विषय भने उल्लेख गरेका छैनन्। 

Ncell

 

‘धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो,’ उनले भने।

प्रतिकृया दिनुहोस्