×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महिला एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

महिला एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

काठमान्डौ - डिफेन्डीङ च्याम्पियन नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।
ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६-२४ ले नेपालले अग्रता बनाएको थियो ।

सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८-१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४-२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो । नेपाल १९-२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४-२४ मा पुर्‍याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४-२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।

तेस्रो सेटमा भने नेपालले २५-१५ ले सहजै जित्दै खेलमा २-१ को अग्रता बनायो । १०-११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८-११ को अग्रता बनाउँदै खेल २५-१५ ले सहजै जित्यो ।

तर चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५-२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २-२ को अवस्थामा पुर्‍यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५-११ ले जित्दै नेपालले उपाधि जित्यो ।

प्रतिकृया दिनुहोस्