×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाललाई क्यानडाले दियो २३३ रनको मध्यम लक्ष्य

नेपाललाई क्यानडाले दियो  २३३ रनको मध्यम लक्ष्य

काठमाडौं - एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर  पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो ।

क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरे । उनी ५० रन बनाएर आउट भए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट भए । कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । ८ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।

प्रतिकृया दिनुहोस्