×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सदनको गतिरोध अन्त्य गर्न सभामुखको पहल, प्रमुख सचेतकहरूसँग छलफल

सदनको गतिरोध अन्त्य गर्न सभामुखको पहल, प्रमुख सचेतकहरूसँग छलफल

काठमाडौं - प्रतिनिधिसभा बैठकको जारी अवरोध हटाएर सदनलाई प्रभावकारी बनाउने उद्देश्यले सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्नुभएको छ। आज बिहान बैठकअघि उहाँले सचेतकहरूलाई बोलाएर हालको सदन अवरोध र त्यसको समाधानका उपायबारे सुझाव माग्नुभएको हो।


प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। यद्यपि, भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएकाले दलहरूबीच सहमति जुट्न सकेको छैन।


सोही विषयमा सहमति कायम गराएर सदन सुचारु गर्न सभामुख घिमिरेले संवादलाई निरन्तरता दिनुभएको हो।

प्रतिकृया दिनुहोस्