×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तिलगंगा आँखा प्रतिष्ठानले बढायो आँखा उपचार सेवा

तिलगंगा आँखा प्रतिष्ठानले बढायो आँखा उपचार सेवा

काठमाडौँ- तिलगंगा आँखा प्रतिष्ठानले अतिरिक्त आँखा उपचार सेवाको अवधि बढाएको छ। गत वर्षदेखि सुरु भएको यो सेवालाई सहज बनाउन थप समय थपेको अस्पतालले जनाएको छ । पहिला यो सेवाको लागि विहान ८ बजेदेखि दिउँसो ३:३० बजेसम्म यो सेवा दिइन्थ्यो भने अहिले यो बिहान ८ देखि साँझ ५ बजेसम्मको लागि गरी २ घण्टा थप गरेको छ।

प्रिमियम सेवाअन्तर्गत आँखा परिक्षणको सवै सेवा एउटै कोठावाट हुने र छिटो हुने व्यवस्था छ। यो सेवामा आँखाको नानी जाँच, नानी फुलाउनेलगायतका सबै जाँच हुन्छ।

गत वर्षदेखि दैनिक ३५ जनालाई मात्र दिने गरेको यो सेवा भदौ १६ गतेदेखि थप १५ जना गरी ५० जनाले यो सेवा पाउनेछन्। यो सेवाको लागि बिरामीले घरमै बसी आफ्नो नाम वेबसाइट र फोन नम्बरबाट दर्ता गराउने व्यवस्था छ। यसको लागि आँखा अस्पतालको वेबसाइट बुकिङको लागि ०१-५१७००४८ नम्बरमा सम्पर्क गरी नाम दर्ता गर्न सकिनेछ।

लाइनमा पालो कुर्न नपर्ने, एउटै कोठाबाटै सबै उपचार सेवा हुने भएकोले व्यस्त ग्राहकको लागि यो सेवा रोजाइमा परेको तिलगंगा आँखा प्रतिष्ठानकी जनसम्पर्क अधिकृत सोनी केसीले बताइन्।

समय नहुने, उपचारमा लाग्ने शुल्क तिर्न सक्षम ग्राहक, लामो समय लाइनमा पर्खिन नचाहने सेवाग्राहीको लागि यो सेवा उत्तम विकल्पको रूपमा देखिएको अधिकृत केसीको भनाइ छ।

प्रतिकृया दिनुहोस्