×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश १ : बन्यो प्रदेश सभाको भवन, तर कामचलाउ मात्र

प्रदेश १ : बन्यो प्रदेश सभाको भवन, तर कामचलाउ मात्र

विराटनगर- प्रदेश १ सभाको नवनिर्मित प्रदेश सभा भवनको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भवनको उद्घाटन गरेका हुन् । झण्डै डेढ वर्षअघि देखि निर्माण सुरु भएको प्रदेश सभा भवनलाई अस्थायी भवनको रुपमा निर्माण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

२०७७ असार १९ गते सूचना प्रकाशन गरी २०७७ भदौ ३० गतेदेखि सम्झौता भएर काम भएको थियो । ५ करोड १७ लाख ७३ हजार ९९४ रुपैयाँको लागत अनुमान गरिएको भए पनि २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँमा भ्याट बाहेक ठेक्का लागेको थियो । श्रीस्वामी नारायण निर्माण सेवा धरान १० सुनसरीले ठेक्का सम्झौता प्राप्त गरेर काम थालेको थियो ।

No description available.

२०७७ फागुन ३० गते निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि म्यद थप गरी लागत अनुमान थप भएको छ । दुई महिना म्याद थप गरी वैशाख ३० गतेसम्मको लागत अनुमानमा ७ लाख ३८ हजार ९८० रुपैयाँ थप गर्ने आदेश भएको थियो । यसबाट भवनको निर्माण सम्पन्न गर्न कुल २ करोड ५९ लाख २० हजार ९५६ रुपैयाँ ३२ पैसा लागत लागेको संसद सचिवालयले जनाएको छ ।

No description available.

यसबाहेक फर्निचरमा १६ लाख ४३ हजार ३७०, साउन्ड सिस्टममा १६ लाख ७७ हजार ११७ रुपैयाँ र आन्तरिक सजावटका लागि १७ लाख ७६ हजार ९२५ रुपैयाँ गरी भवन निर्माणमा ५० लाख ९७ हजार ४१२ रुपैयाँ अतिरिक्त लागत लागेको संसद् सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

No description available.

लामो समयसम्म साँघुरो भवनबाट प्रदेश सभामा कार्यसञ्चालन हुँदै आएको थियो । यसअघि जिल्ला विकास समिति रहेको भवनको हलबाट प्रदेश १ को संसदको काम कारबाही हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्