×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी केन्द्रीय कमिटी सङ्ख्या ३४४ सम्म पुग्ने

माओवादी केन्द्रीय कमिटी सङ्ख्या ३४४ सम्म पुग्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सङ्ख्या झण्डै ३४४ सम्म पुग्ने भएको छ  । बन्द सत्र हलबाट पारित विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ।

केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। २९९ को १० प्रतिशत मनोनीत केन्द्रीय कमिटी हुनेमा संशोधित अनुसार अब १५ प्रतिशत मनोनीत हुने भएकाले केन्द्रीय कमिटी सङ्ख्या ३४४ वरिपरि पुग्ने भएको हो।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट ब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ। ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ।

 

प्रतिकृया दिनुहोस्