काठमाडौं-टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले आठ विकेटको क्षतिमा १०७ रन बनाएको हो। यूएईका लागि आशिफ खानले ७२, रोहन मुस्ताफाले ५२, आर्यान लक्राले २८, चुन्दाङ्गापोयिल रिजवानले २२ र भृत्य अरविन्दले १८ रन बनाए।
नेपालका बलरले कसिलो बलिङ गरे। नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी, आरिफ शेख र कुशल मल्लले एक-एक विकेट लिए।
त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो। केहीबेरमा नेपालले ब्याटिङ गर्नेछ।