×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

जाकर्ता- शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ ।सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पु-याएको बताइएको छ । 

यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६१ रेक्टर स्केलको रहेको छ । सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ ।

यहाँका करिब पाँच हजार जना नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ । प्रारम्भिक रुपमा ३५ ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ । क्षतिको पूर्ण विवरण आइपुगेको छैन । प्रारम्भिक रुपमा गरिएको अनुमानमा अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस्