काठमाडौँ- धनगढी उपमहानगरपालिकाले धनगढीका मुख्य सडक छेउमा रहेको संरचना हटाउन निर्देशन दिएको छ। उपमहानगरपालिका वड नम्बर १ कैलाली पुलदेखी वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक छेउका संरचना हटाउन निर्देशन दिएको हो।
मंगलवार उपमहानगरले पत्राचार गर्दै सडकको विस्तृत योजना प्रतिवेदन डिपिआर तयार भइरहेकाले सडकको दायाँ बायाँ १५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन घरधनीहरुलाई निर्देशन दिएको हो।
उपमहानगरपालिकाले १९ वटै वडामा खोलानाला अतिक्रमण गरेर बनाइएका संरचनाहरु पनि भत्काइने हुँदा असोज १५ गतेभित्र खाली गर्न पत्राचार गरेको छ। निर्देशनअनुसार सडक क्षेत्रका संरचना खाली नभए कानूनबमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ।