×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क

साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क

काठमाडौं - पशुपति आर्यघाटस्थितविद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको जानाकारी दिए ।  पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाह लागि ४ हजार ५०० शुल्क लाग्ने गरेको छ।

प्रतिकृया दिनुहोस्