×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ

मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ

काठमाडौं- मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलकै विद्यार्थी संगठनहरूले नेपाल आयल निगम घेराउ गरेका छन्। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन्।

निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल आवद्ध विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपर्ने र निर्देशकको राजीनामा समेत माग गरेका छन्। आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य १ हजार ८०० रुपैयाँ तोकिएको छ। निगमले पेट्रोलियम पदार्थमा एक हप्तामै दुई पटक मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकिएको छ।

प्रतिकृया दिनुहोस्