×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महरा भन्छन् : दाङ २ मा रेखा शर्मालाई जिताउनुस्

महरा भन्छन् : दाङ २ मा रेखा शर्मालाई जिताउनुस्

काठमाडौँ- पूर्व सभामुख कृष्णबहादुर महराले आफू अब पार्टीको काम र समाज सेवामा लाग्ने बताएका छन् । उनले अघिल्लो पटक आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ मा यसपटक माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्मालाई जिताउन आह्वान गरेका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन् ।

महरा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट र शान्ति प्रक्रियापछि २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद २०६४ र २०७० को संविधानसभा सदस्य एवम् २०७४ मा चुनिएका थिए ।

प्रतिकृया दिनुहोस्