×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

काठमाडौँ- मंसिर ४ गते भएको आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा काँग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७-७ तथा लोसपाले ४ सिट जितेको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित भएको पनि आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्