×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुई पूर्वमहान्यायाधिवक्ता एमालेको महत्वपूर्ण जिम्मेवारीमा

दुई पूर्वमहान्यायाधिवक्ता एमालेको महत्वपूर्ण जिम्मेवारीमा

नेपाल सरकारका दुई जना महान्यायाधिवक्ताले नेकपा एमालेमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् । १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका पूर्वमहान्यायाधिवक्ताद्वय अग्निप्रसाद खरेल र रमेश बडाललाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले पार्टी संगठनमा जिम्मेवारी प्रदान गरेको हो । स्थायी कमिटी सदस्यसमेत चुनिएका खरेलले अध्यक्ष केपीशर्मा ओलीको गृहजिल्ला झापाको इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी बडालले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

उनलाई  प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन तथा सम्बद्ध संगठनहरूको इन्चार्ज पनि बनाइएको छ । खरेल र बडाल दुबै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पालैपालो महान्यायाधिवक्ता नियुक्त भएका थिए । खरेलले प्रतिनिधिसभा विघटनमा प्रभावकारी डिफेन्स गर्न नसकेको भन्दै उनलाई राजीनामा गर्न लगाएर ओलीले बडाललाई नियुक्त गरेका थिए । दोस्रो प्रतिनिधिसभा विघटनमा बडालले प्रतिरक्षा गरे पनि अदालतले भने पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।   

प्रतिकृया दिनुहोस्