×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दार्चुलामा जिप दुर्घटना : पाँच जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना : पाँच जनाको मृत्यु

दार्चुला –दार्चुलामा जिप दुर्घटनामा परेर ५ जनाको  मृत्युभएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् । 

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप आज दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा परेको थियो । 

यस्तै दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करीब २५० मिटर तल खसेको बताइएको छ । 

प्रतिकृया दिनुहोस्