×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

काठमाडौं-  काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।


यसअघि, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको विषयमा स्पष्टीकरण सोधेका थिए । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई निलम्बन गरिएको गुरागाईंले अनलाइनखबरलाई जानकारी दिए ।


"बढीमा ६ महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था अनुसार नै यो कदम चालिएको हो," गुरागाईंले भने, "अब उहाँको निलम्बन सम्बन्धमा कार्यपालिका बैठकमा विस्तृत छलफल हुनेछ र थप निर्णय सोही बैठकबाट गरिनेछ ।"

प्रतिकृया दिनुहोस्