काठमाडौँ- इंग्लिस लिग कपअन्तर्गत सेमिफाइनल पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा दोस्रो लिगअघि अवे मैदानमा प्राप्त सहज जितले युनाइटेड फाइनल नजिक पुगेको छ । युनाइटेडले एक कदम फाइनलमा पुर्याएको छ ।
युनाइटेडलाई जिताउन मार्कस रासफोर्डले छैटौँ मिनेटमा पहिलो गोल गरे । यस्तै वाउट वेघोस्टले ४५औं र ब्रुनो फर्नान्डेजले ८९औं मिनेटमा गोल गरे ।
यी दुई टोलीबीचको दोस्रो लिग आगामी बुधबार हुनेछ । अर्को सेमिफाइनलको पहिलो लिगमा न्युकासलले साउथह्याम्पटनलाई १-० ले पराजित गरेको थियो ।