×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीको राष्ट्रिय सहमति कांग्रेसलाई राष्ट्रपति

माओवादीको राष्ट्रिय सहमति कांग्रेसलाई राष्ट्रपति

काठमाडौं-राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताएको माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ अन्ततः कांग्रेसलाई राष्ट्रपति दिन सहमत भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड सत्ता र शक्ति संघर्षमा हेलिदै कांग्रेसलाई राष्ट्रपति दिने सहमति गर्न पुगेका हुन् ।

एमालेसहितको सत्ता गठबन्धनबाहिर गएर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेका छन् । निरन्तरका भेटमा कुनै प्रगति नभएपछि एमाले अधयक्ष केपी ओलीले राष्ट्रपतिका लागि माधव नेपालको नाम अघि सारेका थिए । तर, प्रचण्डसहित कांग्रेसले नेपाललाई सत्ता समिकिरणमा प्रधानमन्त्री बनाउने आश्वासन दिएपछि कांग्रेसले राष्ट्रपति पाउने सहमति जुटेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले बताएका छन् ।

राष्ट्रिय सहमतिको विषयलाई पेचिलो बनाउदै लगेको माओवादी केन्द्रले कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेसँगै अब एमालेसहितको गठबन्धन के हुन्छ भन्ने अझैं निक्र्योल भने हुन सकेको छैन ।

कांग्रेसले सत्ता गुमाएपछि रणनीतिक रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिएपछि बनेको वातावरण अन्ततः सत्ता साझेदारीसम्म पुग्ने देखिएको छ ।

कांग्रेसले राष्ट्रपति पाएपछि प्रधानमन्त्री प्रचण्डलाई थप सहज हुने आंकलन गरिएको छ । तर, सत्ता साझेदार दलहरु एमाले, राप्रपा र रास्वपाले के गर्छन् भन्ने खुलिसकेको छैन ।

प्रतिकृया दिनुहोस्