×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रसुवामा बाढी बितण्डा : मितेरी पुल बगायो,भन्सारका गाडी पनि बगे

रसुवामा बाढी बितण्डा : मितेरी पुल बगायो,भन्सारका गाडी पनि बगे

रसुवा - चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। आज बिहान करिब ३ बजे आएको बाढीले पुललाई पूर्ण रूपमा बगाएको हो।

बाढीले रसुवागढी भन्सार (ड्राइपोर्ट) क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार, भन्सार यार्डमा जाँचपासका लागि राखिएका विद्युतीय गाडी (ईभी) हरू समेत बाढीले बगाएको छ। बाढीमा फसेका केही व्यक्तिहरूलाई भने सकुशल उद्धार गरिएको प्रशासनले जनाएको छ।

यसैगरी, बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचनामा समेत क्षति पुर्‍याएको छ।

जिल्ला प्रशासन कार्यालय, रसुवाले अकस्मात बाढी आएकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्