×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु, स्थानियद्धारा सडक अबरुद्ध

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु, स्थानियद्धारा सडक अबरुद्ध

महेन्द्रनगर - कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। आज बिहान ६ बजे एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्य भएको हो । प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिएको हो।ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर -५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएको जनाइएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ऐरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र त्यसपछि सेती प्रादेशिक अस्पताल रेफर गरिएका ऐरको बिहान सवा सात बजे तिरको समयमा मृत्यु भएको हो। एम्बुलेन्स बाँस्खेडा ऐरी रेडक्रस उपशाखाको रहेको र चालक भीमदत्त नगरपालिका -१६ का ४० वर्षीय गणेश विष्ट इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा रहेको बताइएको छ।दुर्घटनापछि स्थानीयले बिहानैदेखि सडक समेत अवरुद्ध गरेका छन् भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ 

प्रतिकृया दिनुहोस्