×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने घट्दो क्रममा

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने घट्दो क्रममा

काठमाडौं - सेयर कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा बन्द भएको हो। यद्यपि, सेन्सेटिभ परिसूचक भने ०.१० प्रतिशतले बढेको छ।

परिसूचक लगभग स्थिर रहे पनि कारोबार रकम भने घट्ने क्रमले निरन्तरता पाएको छ। मंगलबार ३१६ कम्पनीको १ करोड ३८ लाख कित्ताभन्दा बढी सेयर जम्मा ५ अर्ब ७६ करोड रुपैयाँमा किनबेच भयो। यो सोमबारको ६ अर्ब र आइतबारको ९ अर्बभन्दा बढीको कारोबारको तुलनामा निकै कम हो, जसले बजारमा लगानीकर्ताको सहभागिता केही सुस्ताएको देखाउँछ।

बजारमा उत्साह कम हुँदा कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्न सकेन। आज ओम मेघाश्री फर्मास्युटिकल्सको सेयर सर्वाधिक ८.०१ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी २७ करोड रुपैयाँको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो। त्यसैगरी, राधी विद्युत, हिमालयन पावर र एनआरएन इन्फ्रास्टक्चरले पनि २० करोडभन्दा माथिको कारोबार गरे।

कुल कारोबारमा आएकामध्ये १०७ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको घट्यो। आज बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड गरी पाँच समूहको उपसूचक हरियो रहँदा अन्य आठ समूहको उपसूचक भने राताम्य भए।

प्रतिकृया दिनुहोस्