×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाललाई इतिहास रच्ने मौका

नेपाललाई इतिहास रच्ने मौका

नेपाललाई इतिहास रच्ने मौका

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारतबीच खेल हुँदैछ । नेपाल र भारतबीचको फाइनल खेल मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचकाे खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपाल पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुगेर इतिहास बनाएको छ भने अब उपाधि जितेर नयाँ इतिहास बनाउने सुनौलो अवसर पनि पाएको छ ।

यस साफ च्याम्पियनसिपमा सुरुवाती दुई खेल माल्दिभ्स र श्रीलंकाविरुद्ध जित निकालेर शानदार सुरुवात गरेको नेपाल लिग चरणमा भारतसँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध १-१ को बराबरी खेलेपछि साफ च्याम्पियनसिपको २८ वर्ष लामो इतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।

प्रतिकृया दिनुहोस्