×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बायर्न म्युनिख र युभेन्टस अन्तिम १६ मा

बायर्न म्युनिख र युभेन्टस अन्तिम १६ मा

काठमाडौँ- युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बार्यन म्युनिख र इटालियन क्लब युभेन्टसले अन्तिम १६ मा स्थान बनाएका छन् । समूह ‘एच’ अन्तर्गत भएको खेलमा युभेन्ट्सले सेन्ट जेनिथ पिटर्सवर्गलाई ४-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्‍यो । युभेन्ट्सका लागि डिबालाले दुई गोल गर्दा चिएसा र मोराटाले एक एक गोल थपे । समूहमा युभेन्ट्स लगातार ४ खेलबाट १४ अंक जोड्दै अन्तिम १६ मा पुगेको छ । यो समूहमा दोस्रो स्थानको चेल्सीको ९ अंक छ भने पिटर्सवर्गको ३ अंक रहेको छ । माल्मो अंक विहीन छ ।

यता समूह ‘ई’ मा लगातार चार जित निकाल्दै जर्मन क्लब बायर्न म्युनिखपनि अन्तिम १६ मा पुगेको छ । बायर्नले लगातार चौथो जित निकाल्के क्रममा मंगलबार पोर्चुगिज क्लब बेन्फिकामाथि ५-२ को प्रभावसालि जित निकाल्यो। वार्यनका लागि लेवान्डोस्कीले ह्याट्रिक गरे । उनले खेलको २६, ६१ र ८४ मिनेटमा गोल गरे । गिनब्रीले ३२ मिनेट र सानले ४९ मिनेटमा गोल गरे ।

यो समूहको अर्को खेलमा बार्सिलोनाले डाइनामो किभलाई १–० ले हरायो । बार्सिलोनाका लागि अन्सु फाटीले खेलको ७० औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । समूहमा वायर्नले लगातार ४ जित निकालेर १२ अंक जोडेर शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको बार्सिलोनाको ६ अंक छ । त्यस्तै तेस्रो स्थानको बेन्फिकाको ४ अंक रहँदा पुछारको डाइनामो किभको १ अंक छ ।

प्रतिकृया दिनुहोस्