×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री देउवाले दिए उजुरीको जवाफ

प्रधानमन्त्री देउवाले दिए उजुरीको जवाफ

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् ।

फरक-फरक जन्म मिति भएको भन्दै परेको उजुरीमा देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् । उजुरीबारे आज साँझ ५ बजेसम्म निर्णय हुने डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी दिएका थिए । नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ ।

मल्ल ०७४ काे चुनावमा नेपाली काङ्ग्रेसबाट सुदुरपश्चिम प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् । मल्ल बीपी कांग्रेसका वरिष्ठ उपसभापति हुन् ।

प्रतिकृया दिनुहोस्