काठमाडौँ- सत्तारुढ दलहरुले पावर सेयरिङबारे आज आन्तरिक छलफल गर्ने भएका छन् । प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने, राष्ट्रपति एमालेले लिने सहमति भए पनि बाँकी पदहरुका सन्दर्भमा कुरा भएको छैन ।
मन्त्रालयको संख्या, प्रदेश सरकार, प्रदेश सभामुख र उपसभामुख लगायतका पदहरुमा गठबन्धनका बीचमा छलफल भएको छैन् । मुख्यत एमाले र माओवादीले आन्तरिक तयारी गरेपछि औपचारिक बैठक बसिने नेताहरुले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि भागवण्डामा आफूहरुको स्पेस कहाँ रहन्छ भनी चासो राखेको र भागवण्डामा दाबी गरेको छ । के कस्ता पदहरुका कहाँ कहाँ दाबी गर्ने भनेर रास्वपाका सभापति रवि लामिछाने पनि आन्तरिक तयारीमा छन् ।
दलहरुले आन्तरिक तयारी सकेर बुधबार अध्यक्षहरुको औपचारिक बैठक बस्ने तयारी छ । उपराष्ट्रपति, उपसभामुख लगायतका संवैधानिक पद साथै प्रदेशसम्म प्याकेजमा सहमतिको प्रयासमा गठबन्धनका दलहरु छन् ।