×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

तपाई चकलेट खानुहुन्छ ? यस्ता छन् चकलेटबाट शरीरलाई हुने फाइदा

तपाई चकलेट खानुहुन्छ ? यस्ता छन् चकलेटबाट शरीरलाई हुने फाइदा

एजेन्सी - बच्चादेखि वृद्धवृद्धासम्म, चकलेट खान मन नपराउने मानिस सायदै कोही होला । स्वादका लागि मात्रै होइन् चकलेटले हामो स्वास्थ्य र सौन्र्दयलाई समेत फाइदा पुर्‍याउँछ । डार्क चकलेट खाँदा हाम्रो शरीरले थुप्रै फाइदा पाउँछ ।
 हरेक वर्ष ७ जुलाईमा वर्ल्ड चकलेट डे पनि मनाइन्छ । आउनुहोस्, चकलेटले शरीरलाई पुर्याउने फाइदाबारे यहाँ कुरा गरिएको छ ।

१. रक्तचापमा फाइदाजनक:-

शोधका अनुसार डार्क चकलेटमा भएको म्याग्नेसियमले रक्तचापलाई कम गर्न पनि निकै फाइदाजनक हुन्छ । सन् २०१२ मा अष्ट्रेलियाको एक शोधका अनुसार जसले थोरै थोरै समयमा डार्क चकलेट खान्छन् उनीहरुको रक्तचाप साधारण हुन्छ ।

२. कोलेस्ट्रोल घटाउँछः-

कोलेस्ट्रोलको समस्यामा पनि डार्क चकलेटले निकै फाइदा पुर्याउँछ । शोधका अनुसार डार्क चकलेटको सेवनले ब्याड कोलेस्ट्रोल कम हुन्छ र गुड कोलेस्ट्रोलको स्तर बढ्छ । यसले मुटुरोग र स्ट्रोकको खतरा कम गराउँछ । स्मरण रहोस्, शरीरमा ब्याड कोलेस्ट्रोल बढ्दा हृदयघात हुने खतरा अत्यधिक हुन्छ । तर डार्क चकलेट खाँदा यो खतरा कम हुने गर्छ ।

३. मुटुका लागि फाइदाजनक:-

सन् २०१५ मा भएको एक अनुसन्धानको रिपोर्टमा बताइए अनुसार डार्क चकलेट खाँदा मुटु स्वस्थ रहन्छ । शोधको रिपोर्ट अनुसार डार्क चकलेटको सेवनले सेतो रक्त कोशिका रक्त नलीमा टाँस्सिनबाट रोक्छ । हार्ट जर्नलमा प्रकाशित एक अर्को शोधका अनुसार दैनिक डार्क चकलेट खाँदा मुटुरोग र स्ट्रोकको खतरा कम हुन्छ ।

४. बोसो घटाउन सहयोगीः-

शोधकर्ताका अनुसार डार्क चकलेट खाँदा लामो समयसम्म भोक लागेको महसुस हुँदैन । यसमा भरपुर मात्रामा मोनो स्याचुरेटेड फ्याटी एसिड पाइन्छ जसले मेटाबोलिजमलाई बलियो बनाएर फ्याट बर्न गर्छ । अर्को एउटा शोधमा बताइए अनुसार खाना खाएपछि डेजर्टको रुपमा डार्क चकलेट खाँदा तौल नियन्त्रणमा रहन्छ ।
५. दिमागको क्रियाकलाप राख्छ दुरुस्त:-

डार्क चकलेट खाँदा स्मरण शक्ति तेज हुन्छ । सन् २०१२ मा युनिभर्सिटी अफ नटिङ्घमदुवारा गरिएको शोधमा बताइए अनुसार डार्क चकलेटको सेवनले दिमागमा केही घण्टाका लागि रक्तसञ्चार उत्कृष्ट हुन्छ, यसले तपाईंको कार्य क्षमता र स्मरण शक्ति बढाउँछ । सन् २०१३ मा न्यूरोलोजी जर्नलमा प्रकाशित शोधका अनुसार डार्क चकलेट खाँदा स्मरण शक्ति ३० प्रतिशतसम्म बढ्ने गर्छ ।

प्रतिकृया दिनुहोस्