×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, ४ जनाको मृत्यु एक घाइते

थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, ४ जनाको मृत्यु एक घाइते

काठमाडौँ - थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन् । कार सेतो पहरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

थानकोटबाट चित्लाङतर्फ गइरहेको प्रदेश-३- ०१-०२३ च ६९८५ नम्बरको कार शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण अधिकारीले बताए ।


दुर्घटनामा ६ वर्षीय बालक घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। प्रहरीका अनुसार उनको अवस्था पनि गम्भीर छ ।

कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहरू चित्लाङ घुम्न जाँदै गरेको हुन सक्ने प्रहरीको अनुमान छ । हेटौंडा-काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएका कारण सो सडक खण्डमा साना सवारी साधनको चाप बढ्दो छ ।

प्रतिकृया दिनुहोस्