×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काेराेनाबाट थप १४ जनाकाे मृत्यु, १,१२८ संक्रमित

काेराेनाबाट थप १४ जनाकाे मृत्यु, १,१२८ संक्रमित

काठमाडाैँ- नेपालमा थप १,१२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ४ सय ४७ पिसिआर परिक्षणका क्रमा ६ सय ६६ जना र ३ हजार ५ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै, २ हजार २ सय १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३२ हजार ८ सय २२ निको भएका छन् । हाल नेपालमा २७ हजार ४ सय ४१ संक्रमित आइसाेलेसन र १०९ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्