×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्सेमा झण्डै २४ अंकको गिरावट

नेप्सेमा झण्डै २४ अंकको गिरावट

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार परिसूचक नेप्से झण्डै २३.८५ अंकले घटेर १९३३.१३ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकम भने बढेको छ । यस दिन २ अर्ब ४ करोड ४८ लाख ३१ ह्जार ९ सय ४७ रुपैयाँमा ५६ लाख ४१ हजार ५ सय ४० कित्ता कारोबार भएको छ ।

यस दिन १६८ कम्पनीको सेयर मूल्य घटेको छ । २४ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन सीवाईसी लधुवित्त, न्यादी जलविद्युत्, लाइफ इन्स्योरेन्स कर्पोरेसन, बुद्धभूमि नेपाल जलविद्युत्लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

यस दिन जीवन बीमा र लगानी समूहबाहेक अन्य सबै समूहको उपसूचक घटेका छन् ।

प्रतिकृया दिनुहोस्