×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नतिजामुखी भएर काम गर्न विभागीय प्रमुखलाई शिक्षा मन्त्रीको निर्देशन

नतिजामुखी भएर काम गर्न विभागीय प्रमुखलाई शिक्षा मन्त्रीको निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तरगतका विभागीय प्रमुखलाई १५–१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिपोट गर्नुहोस्’ मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा नस्किने गरी काम हुनपर्यो होइन भने कारण चाहियो ।’

मन्त्री पौडेलले ५० औँं वर्षदेखि अड्किएका फाइलको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिए । ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उनले भने, ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’

प्रतिकृया दिनुहोस्