दाङ- तुलसीपुरको मतगणना अन्तिम चरणमा पुगेको छ । ७० हजार ४७४ मत गणना हुँदा एमालेका उम्मेदवार टिकाराम खड्काले ३ हजार ३१० मतको अग्रता लिएका छन् ।
उनले २९ हजार ७३३ मत प्राप्त गरेका छन् । कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले २६ हजार ४२३ मत प्राप्त गरेका छन् । अब करिब ४ हजार मत गणना गर्न बाँकी छ । उपमेयरमा पनि एमालेका उम्मेदवार स्यानी चौधरी ९ हजार १०४ मतका साथ जित निश्चित बनाएकी छिन् । चौधरीले २९ हजार ५१ मत प्राप्त गरेकी छिन् । गठबन्धनका उम्मेदवार जोगबहादुर रानाले १९ हजार ९ सय ४७ मत प्राप्त गरेका छन् ।