×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

युक्रेनी राष्ट्रपतिलाई भेट्न युरोपेली नेताहरूको खतरनाक रेल यात्रा

युक्रेनी राष्ट्रपतिलाई भेट्न युरोपेली नेताहरूको खतरनाक रेल यात्रा

काठमाडाैँ- पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ । रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि खतरनाक रेल यात्रा गरेका नेताहरूको युक्रेनले प्रशंसा गरेको हाे । 

मंगलबार साँझ किएभमा कर्फ्यु लागु रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरेका थिए । ‘हामी तपाईँहरूको साहसी लडाइँको प्रशंसा गर्छौँ,’ भेटपछि सामाजिक सञ्जाल ट्विटरमा पेत्र फियालाले लेखे ।

पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरेका छन् । मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुन् ।

‘तपाईँहरूको भ्रमण युक्रेनको लागि समर्थनको शक्तिशाली अभिव्यक्ति हो,’ जेलेन्सकीले किएभ पुगेका नेताहरूको समूहलाई भनेको बताइएको छ । किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको थियो ।

युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली सङ्घको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताए ।- बीबीसी

प्रतिकृया दिनुहोस्