×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नामिवियामाथि भारतको जित

नामिवियामाथि भारतको जित

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको छ। सुपर १२ अन्तर्गत समूह २ को खेलमा भारतले नामिवियालाई ९ विकेटले  पराजित गरेको हो । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा  पूरा गर्‍यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे । केएल राहुलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे । नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिवियाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन जोडेको थियो । नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे । भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पार्दा जसप्रित बुमराहले दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस्