×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

कोरोना अपडेट : २२४८ जना संक्रमणमुक्त ,२४ जनाले ज्यान गुमाए

कोरोना अपडेट : २२४८ जना संक्रमणमुक्त ,२४ जनाले ज्यान गुमाए

देशमा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या निरन्तर बढ्न थालेको छ । अघिल्लो २४ घण्टाबाट बढ्न थालेको निको हुनेको संख्या दोस्रो दिन पनि बढेको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा  भएका छन् ।

यसअघि शनिबार २०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २३८२ जना संक्रमणमुक्त भएका थिए ।  मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा कोरोना परीक्षण भएकोमा १९२० जनामा संक्रमण पुष्टि भएको हो।  सोही अवधिमा २४ जनाले ज्यान गुमाएका छन्  
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ भने मृतकको संख्या १० हजार ५०९ पुगेको छ । हाल देशभर ३८ हजार ७५१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्