काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले शुभकामना आदानप्रदानका लागि समय नमाग्न आग्रह गरेको छ । बिहीबार साँझ सचिवालयले बधाई र शुभकामनाका लागि बित्ने समयलाई प्रधानमन्त्री प्रचण्डले देश निर्माणका काममा खर्चन उचित हुने धारणा राखेको जनाउँदै समय नमाग्न आग्रह गरेको हो ।
‘अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेस गरिदिन पनि आग्रह गर्दछौँ,’ सचिवालयले भनेको छ ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड बुधबार मात्र बालुवाटार सरेका छन् । एमालेसँगको सहमति अनुसार उनले साढे दुई वर्ष प्रधानमन्त्रीका रूपमा काम गर्नेछन् ।