×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्रिकेटर दिपेन्द्रसिंह ऐरीले छाडे प्रहरीको जागिर

क्रिकेटर दिपेन्द्रसिंह ऐरीले छाडे प्रहरीको जागिर

काठमाडौँ - नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएका छन्।

उनी सन् २०१६ देखि प्रहरी सेवामा थिए। प्रहरी प्रवक्ताका अनुसार, ऐरीले गत वैशाखमा दिएको राजीनामा स्वीकृत भइसकेको छ।

राजीनामाको कारण 'घरायसी' भनिए पनि उनी विदेश जाने तयारीमा रहेको अनुमान गरिएको छ। यसबारे सोध्दा दिपेन्द्रले अहिले केही नबोल्ने बताएका छन्।

ऐरी प्रहरी सहायक हवल्दार पदमा थिए र प्रहरी क्रिकेट टोलीका कप्तान पनि थिए।

प्रतिकृया दिनुहोस्