मंगलबार सुनको मूल्य घट्दा चाँदी भने स्थीर रहेको छ । आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । सुनको मूल्य दुई सय रुपैयाँले घट्दा चाँदीको भने स्थीर रहेको छ । साताको तेस्रो कारोबार दिन चाँदी प्रतितोला १३ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।