×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले गर्‍यो एक लाख जरिवाना

फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले गर्‍यो एक लाख जरिवाना

काठमाडौं - काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो ।

महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख  छ ।


फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको महानगरले उल्लेख गरेको छ ।

निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन्।

प्रतिकृया दिनुहोस्