×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मूल्यवृद्धि लगातयका मुद्दालाई लिएर एमालेले जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने

मूल्यवृद्धि लगातयका मुद्दालाई लिएर एमालेले जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दालाई लिएर जनवर्गीय संगठनहरुमार्फत आन्दोलन चर्काउने भएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकराल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए ।

विशेषगरी एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ ।एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको बताइएको छ ।त्यस्तै राष्ट्रियताको मुद्दामा समेत सरकार आत्मसमर्पणवादी भएकाले खबरदारी गर्नुपर्ने भएको नेता ढकालले बताए ।

प्रतिकृया दिनुहोस्