काठमाडौं - सर्वोच्च अदालतमा आज बुधबारबाट नयाँ अभ्यास सुरू हुने भएकाे छ । प्रधानन्यायाधीशले ताेक्दै आएकाे इजलास र पेसी अब भने गाेलाप्रथाद्वारा ताेकिने भएकाे हाे ।
तर, पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो । अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि नयाँ अभ्यास थालिएको हो ।
योसँगै ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीश ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् ।