×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ- आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलका नेताहरू सिट बाँडफाँडबारे अहिले छलफल गरिरहेका छन् । सिट बाँडफाँडका लागि बनेको कार्यदलका सदस्यहरूसहित गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । ‘करिब आधा घण्टाअघिदेखि बैठक चलिरहेको छ, शीर्ष नेताहरू र कार्यदलका सदस्यहरू सहभागी हुनुहुन्छ,’ उनले भने ।

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन ।

गठबन्धनमा रहेका दलहरुबीच ०७४ र ०७९ को चुनावको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्ने सहमति भ एपनि सख्याका विषयमा सहमति जुट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्