साउदी अरबले यस वर्ष अज गर्ने नागरिकहरुको सूची सार्वजनिक गरेको छ । जसमा ६० हजार मानिसहरुलाई हजका लागि अनुमति दिने जनाइएको छ ।
साउदी अरबको हज तथा उमरा मन्त्रालयका अनुसार साउदी प्रेस एजेन्सीले हज गर्न अनुमति पाएका मुलुकहरुको सूची सार्वजनिक गरेको हो । अल अरबिया न्युजका अनुसार १५० मुलुकका मानिसहरुलाई हजका लागि अनुमति दिइएको छ ।
साउदी अरबमा रहेका मानिसहरुले हज गर्न पाउने छन् । हजका लागि जान चाहनेहरुका लागि अनलाई आवेदन दिनका लागि अनलाइन पोर्टलसमेत सुरु गरिएको थियो । जसमा पाँच लाख ५८ हजार २७० जनाले आवेदन भरेका थिए । जसमा ५९ प्रतिशत पुरुष र ४१ प्रतिशत महिला रहेको बताइएको छ ।
कोरोना महामारीलाई विशेष ध्यान दिँदै हज जान चाहनेहरुको सूची सार्वजनिक गरिएको बताइएको छ । विभिन्न मुलुकबाट साउदी अरबमा रहेकाहरुले हज गर्न पाउने भएका छन् । हज जान छनोट भएका सबैलाई कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइसकेको हुनुपर्ने जनाइएको छ ।
उनीहरुलाई इस्लामी क्यालेन्डर अनुसार धुल हिज्जाहको अन्तिम महिनाको सात र आठ तारिखमा मक्का लगिने भएको हो ।
यसअघि लाखौं मानिसहरु हज जाने भए पनि गत वर्ष र यस वर्ष भने केही सीमित व्यक्तिहरुलाई मात्र अनुमति दिइएको छ ।