×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कप्तान सन्दीपसहित जितेन्द्र र आरिफलाई कोरोना संक्रमण

कप्तान सन्दीपसहित जितेन्द्र र आरिफलाई कोरोना संक्रमण

काठमाडौं - टी २० विश्वकप क्रिकेटका लागि ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा रहेका थप ३ जना खेलाडीलाइ कोरोना संक्रमण भएको छ ।

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया र आरिफ शेखलाई कोरोना संक्रमण भएको जनाइएको छ । त्रिवि क्रिकेट मैदानमा नियमित प्रशिक्षणका लागि जान गरेको पीसीआर परिक्षणमा सन्दीपलाई कोरोना पोजेटिभ देखिएको हो । हालै अस्ट्रेलियामा भएको विगा ब्यास लिग खेलेर सन्दीप नेपाल फर्किएका थिए ।

 कोरोना संक्रमण पछि तीन जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनीहरु आईसोलेशनमा रहेका छन् ।  यसअघि पनि प्रशिक्षणमा रहेका ४ जनालाई कोरोना देखिएको थियो ।

प्रतिकृया दिनुहोस्