×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनौती दिन्छु एमाले सभाको आधा जनसंख्या उपस्थित गराएर देखाउनू : ओली

चुनौती दिन्छु एमाले सभाको आधा जनसंख्या उपस्थित गराएर देखाउनू : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गरेका छन् । शुक्रबार दार्चुलामा आयोजित चुनावी सभामा उनले सत्ता गठबन्धनलाई एमालेको सभाभन्दा आधा जनसंख्या उपस्थित गराउन चुनौती दिए । 

“म गठबन्धनलाई चुनौती दिन चाहन्छु । गठबन्धनले एमालेले गरेको सभाभन्दा ५-६ दलले गरेको सभा आधा जनसंख्याको उपस्थिति गरेर देखाओस् । सम्भव छैन,” ओलीले जिकिर गरे । 

उनले एमालेको बहुमतको सरकार बनाउने गरी मतदान गर्न आह्वान गरे । ओलीले मिचिएको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग फिर्ता ल्याउने प्रतिबद्धता जनाए ।

उनले स्थिर सरकार र स्थायित्व कायम गर्ने दाबी गरे ।  उनले घोषणापत्रमा समेटिएका २० ग्यारेन्टीबारे पनि बोलेका थिए ।

प्रतिकृया दिनुहोस्