काठमाडौं- प्रहरीले लागूऔषधसहित तीन जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सानो पोखराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम र सानो डिजिटल तराजु १ थान सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, वडा नम्बर ११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिश चौलागाई र वडा नम्बर २ कान्तिराजपथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.४८ प.९००५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका–९ स्थित नेपाल भारत सिमानाका खक्रौला चेक पोष्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २३ ग्राम ४ सय १० मिलिग्राम सहित एक जना पक्राउ परेका छन् । सोही नगरपलिका–१ खड्क चोक बस्ने २५ वर्षीय सुरज चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदुरपश्चिम प्रदेश प्रहरी कार्याल र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउने क्रममा साईकलमा बोकेर ल्याएको आलुको बोरा भित्र लुकाएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।कञ्चन
पुरको बेलौरी नगरपालिका–१० भुडास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो पदार्थ ९५० मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लाफाँटा नगरपालिका–४ झलारी बस्ने २३ वर्षीय हरेन्द्र कुँवर, वडा नम्बर ११ कलुवापुर बस्ने १८ वर्षीय किशोर र कैलालीको धनगढी उउपमहानगरपालिका–२ मिलनचोक घर भएका २२ वर्षीय सुदिप धामी रहेका छन् ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले सु.प.प्र०१.००९ प.९९५१ नम्बरको मोटरसा
इकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी, सुनसरीका धरान उपमहानगरपालिका–११ वानडाडाबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ हजार ७ सय १६ ट्याबलेट, ट्रामोडोल २ हजार ७ सय ७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६ सय ७५ क्याप्सुल र नाइट्रोसन २७ ट्याबलेटका साथै नगद १ लाख ६ हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने ४६ वर्षीय बिरु भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरमा खानतलासी लिने क्रममा उक्त लागूऔषध र नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।