×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतमा २४ घण्टामा सङ्क्रमितको सङ्ख्या १९ हजार

भारतमा २४ घण्टामा सङ्क्रमितको सङ्ख्या १९ हजार

नयाँदिल्ली- बुधबार २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३९ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ११६ को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख चार हजार ५५ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता पहिलो पटक हो ।

पछिल्लो एक दिनमा तेह्र हजार ८२७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख २२ हजार ४९३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोजभन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । एजेन्सी

 

प्रतिकृया दिनुहोस्