काठमाडौं- अखिल नेपाल महिला संघले संगठन सुदृढीकरण सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला माघ १० र ११ गते सम्पन्न गरेको छ।
कार्यशालाका सहभागीहरुले सातौँ राष्ट्रिय सम्मेलनको नारा तय गर्न सम्मानका लागि प्रावधान तय गर्ने, अनेमसंघ केन्द्रीय सदस्यका लागि मापदण्ड तय गर्ने,अनेमसंघको नीति कार्यक्रम, अनेमसंघको १४ बुँदे कार्यक्रमको पुनरावलोकन,अनेमसंघको सातौं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि कार्ययोजना तर्जुमा गर्ने लगायतको विषयहरुमा छलफल गरेको छ।
देश भरीका जिल्ला इन्चार्ज, अध्यक्ष, विभागीय प्रमुख, अभियान कमिटीका प्रमुखहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल कला परिषदका पूर्व प्राज्ञ मिथिला देवी यादवद्वारा अनेमसंघका संयोजकलाई मिथिला चित्रकला समेत हस्तान्तरण गरिएको थियो।