×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखराको मेयर एकीकृत समाजवादीलाई !

पोखराको मेयर एकीकृत समाजवादीलाई !

पोखरा- पोखरा महानगरपालिकाको मेयर अन्ततः माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले नै पाउने भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले पोखराको मेयर नेकपा एसले पाउने निर्णय गरेको नेताहरूले बताएका छन् । 

यद्यपि आधिकारिक निर्णय भने सार्वजनिक भइसकेको छैन । एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले आफ्नो पार्टीले मेयर पाएको पुष्टि गरे । ‘मेयर हाम्रो पार्टीलाई र उपमेयर कांग्रेसलाई भनेर निर्णय भएको छ,’ उनले भने, ‘अब गठबन्धनका दलहरूसँग जिल्ला तहमा बैठक र छलफल हुन्छ । मिलेर चुनाव जित्छौँ । नतिजा हाम्रै पक्षमा पर्छ ।’

मेयर एसले पाउने भएपनि उम्मेदवार को हुने भन्ने टुङ्गिएको छैन । पोखरा महानगर कमिटीले ६ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पठाएको छ । तीमध्ये जिल्ला अध्यक्ष धनराज आचार्य र पोलिट्ब्यूरो सदस्य तथा महानगर इन्चार्ज श्रीनाथ बरालबीच बढी प्रतिस्पर्धा छ ।

बलियो श्रोतका अनुसार यहाँको मेयर गठबन्धनबाट आचार्य नै हुने पक्का जस्तै छ । यद्यपि गठबन्धनको केन्द्रीय बैठक निरन्तर जारी छ । त्यसो त उपमेयर पाउने कांग्रेसले पनि आफ्नो उम्मेदवार पक्का गरेको छैन ।

प्रतिकृया दिनुहोस्