×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

जापानबाट १६ लाख अष्ट्राजेनेका खोप आइतबारसम्म आइपुग्ने

जापानबाट १६ लाख अष्ट्राजेनेका खोप आइतबारसम्म आइपुग्ने

जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेका खोप शनिबार र आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १६ लाख डोज खोप आइतबारसम्म नेपाल आइपुग्ने भएको हो ।

जापानले नेपाललाई कोभिड-१९ विरुद्धका १६ लाख खोप अनुदानमा दिने घोषणा असारको अन्त्यतिर गरेको थियो । कोभिशील्डको पहिलो डोज लगाएकाहरुलाई चाडै दोस्रो डोज लगाइने पनि राज्यमन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्